Sep 17 2024 | २०८१, असोज १ गते

रवि लामिछानेमाथि पोखरामा खोया प्रहार

रवि लामिछानेमाथि पोखरामा खोया प्रहार

एभरेष्ट हेडलाइन्स
शनिबार, पुस ७ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, पुस ७ २०८०
  • रवि लामिछानेमाथि पोखरामा खोया प्रहार

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ । शनिबार पोखराको अमरसिंहचौरमा सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले मकैको खोया प्रहार गरेका हुन् ।

    images
    images

    खोया प्रहार गर्ने युवक लमजुङका २८ वर्षीय सन्तोष रानाभाट रहेको कास्की प्रहरीले जनाएको छ । उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिइएको छ ।

    खोया प्रहारपछि रविले आफूमाथि प्रहार गरिएको मकैको खोया सजाएर राख्ने बताएका छन् । आफूले टेलिभिजन पत्रकारितामा रहँदा धेरै नेपालीको पक्षमा काम गरेको भन्दै उनले त्यसको उपहार अहिले खोयाको रुपमा पाएको बताए । 

    उनले जतिसुकै प्रहार भए पनि आफू कालो सिसाभित्र लुकेर हिँड्ने नेता नभएको बताए । जनता र आफ्ना सपना वास्तविकतामा परिणत नभएसम्म त्यो खोयालाई सजाएर राख्ने पनि लामिछानेको भनाइ थियो ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार