Sep 17 2024 | २०८१, असोज १ गते

राज्यमन्त्री चपाईँद्वारा मध्यपहाडी राजमार्गको अनुगमन

राज्यमन्त्री चपाईँद्वारा मध्यपहाडी राजमार्गको अनुगमन

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ८ २०८०
  • राज्यमन्त्री चपाईँद्वारा मध्यपहाडी राजमार्गको अनुगमन

    भोजपुर । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गरेकी छन् । ती सडकका समस्या समाधान तथा भावी योजना निर्माणका लागि स्थलगत अनुगमन गरेकी हुन् ।

    images
    images

    राज्यमन्त्री चपाईँले मध्यपहाडी लोकमार्गअन्तर्गत विभिन्न सडकखण्डसँगै दिक्तेल–चखेवा,  भोजपुरको चखेवा–लेगुवा र कोशी राजमार्गको खाँदबारी–भोटखोला किमाथाङ्का सडकखण्डको अवलोकन गर्ने कार्यक्रम छ ।

    आज बिहान पत्रकारहरूसँग कुरा गर्दै राज्यमन्त्री चपाईँले यो क्षेत्रका सडकसँगै मन्त्रालयअन्तर्गत निर्माण भइरहेका अन्य संरचनाको अनुगमन गरिएको बताइन् । अनुगमनपश्चात् यहाँको अवस्था र गर्नुपर्ने कामका विषयमा प्रतिवेदन तयार गरेर मन्त्रालयमा बुझाउने उनले बताइन् ।

    “मन्त्रालयको निर्णयानुसार म यो क्षेत्रको स्थलगत अनुगमनमा निस्केकी हुँ”, राज्यमन्त्री चपाईँले भनिन्, “अनुगमनका क्रममा यहाँका धेरै समस्याको पहिचान गरेका छौँ । विकास–निर्माणका कामलाई गुणस्तरीय र प्रभावकारी ढङ्गले अघि बढाउन हाम्रो मन्त्रालय प्रतिबद्ध छ । यहाँ देखिएका समस्या समाधानका लागि मेरो तर्फबाट पहलकदमी हुनेछ ।”

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार