Sep 17 2024 | २०८१, असोज १ गते

निकट भविष्यमा नै अधिवक्ताको ल फर्मबाटै मुद्दा, रिट, निवेदन दर्ता गर्ने दिन आउँछ : प्रधानन्यायाधीश

निकट भविष्यमा नै अधिवक्ताको ल फर्मबाटै मुद्दा, रिट, निवेदन दर्ता गर्ने दिन आउँछ : प्रधानन्यायाधीश

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ८ २०८०
  • निकट भविष्यमा नै अधिवक्ताको ल फर्मबाटै मुद्दा, रिट, निवेदन दर्ता गर्ने दिन आउँछ : प्रधानन्यायाधीश

    ललितपुर । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले निकट भविष्यमै अधिवक्ताको ल फर्मबाटै मुद्दा र रिट निवेदन दर्ता गर्ने दिन आउने बताएका छन् । आइतबार उच्च अदालत पाटनमा स्वचालित पेशीको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले अबको काम अनलाइन रजिस्ट्रेसनबाटै सुरु गर्ने बताएका हुन् ।

    images
    images

    ‘निकट भविष्यमा नै अधिवक्ताको ल फर्मबाटै मुद्दा, रिट, निवेदन दर्ता गर्ने दिन आउँछ भन्ने विश्वास छ, म त्यसका लागि लागिरहेको छु’, प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘अब तारेख लिन पनि अनलाइनबाटै हुन्छ कि भनेर अध्ययन गरिरहेको छु । सायद त्यो पनि सम्भव छ ।’

    उनले भारतमा संवैधानिक इजलासको प्रत्यक्ष प्रसारण पनि हुने गरेको भन्दै आफूले पनि त्यहीँ बारेमा सोचिरहेको बताए । ‘यसलाई खुल्ला राख्दा ठिक होला कि भनेर छलफल सुरु गरेको छु । कम्तीमा संवैधानिक इजलासमा त्यसो गर्न सकिन्छ कि भनेर सोचिरहेको छु’, उनले भने, ‘अस्ति म भारत जाँदा र त्यहाँको प्रधानन्यायाधीशसँग पनि बेन्च सेयर गरेँ, त्यहाँ पनि प्रत्यक्ष प्रसारण हुने रहेछ ।’ ‘यसलाई खुल्ला राख्दा ठिक होला कि भनेर छलफल सुरु गरेको छु । कम्तीमा संवैधानिक इजलासमा त्यसो गर्न सकिन्छ कि भनेर सोचिरहेको छु’, उनले भने, ‘अस्ति म भारत जाँदा र त्यहाँको प्रधानन्यायाधीशसँग पनि बेन्च सेयर गरेँ, त्यहाँ पनि प्रत्यक्ष प्रसारण हुने रहेछ ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार