Nov 21 2024 | २०८१, मंसिर ६ गते

images

लुम्बिनीका नवनियुक्त दुई मन्त्रीको शपथ आज 

लुम्बिनीका नवनियुक्त दुई मन्त्रीको शपथ आज 

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ८ २०८०
  • लुम्बिनीका नवनियुक्त दुई मन्त्रीको शपथ आज 

    लुम्बिनी । लुम्बिनी प्रदेश सरकारमा थपिएका दुई जना मन्त्रीको शपथ आइतबार हुने भएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार नेकपा माओबादी केन्द्रकी कृष्णा केसी (नमुना) लाई सहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग तथा यातायात मन्त्री बनाएका थिए।

    images
    images
    images

    प्रदेश प्रमुख कार्यालयले नवनियुक्त मन्त्रीहरूको शपथ अपराह्न ३ बजे हुने जानकारी दिएको छ। शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या नौ जना पुगेको छ। मुख्यमन्त्री चौधरीले वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय आफूसँगै राखेका छन्।

    उनले कांग्रेसभित्रको संस्थापनइतर समूहले मन्त्रीका नाम दिएमा उक्त मन्त्रालयमा मन्त्री बनाउने तयारी गरेको स्रोतको भनाइ छ। चौधरी गत वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए। उनले आठ महिनापछि मन्त्रिपरिषद विस्तार गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट