images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

उच्च अदालतमा दुई न्यायाधीश सिफारिस

उच्च अदालतमा दुई न्यायाधीश सिफारिस

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस ८ २०८०
  • उच्च अदालतमा दुई न्यायाधीश सिफारिस

    काठमाडौँ । न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको छ ।
     
    प्रधानन्यायाधीश एवं परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उच्च अदालतमा न्यायाधीशका लागि कुँवर र पौडेलको नाम सिफारिस गरेको हो । परिषद्को आजको बैठकले कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखराको जिम्मेवारी तोकेको छ ।
     
    त्यस्तै, बैठकले उच्च अदालत तुलसीपुरअन्तर्गत बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारुलाई उच्च अदालत तुलसीपुरअन्तर्गत नेपालगञ्ज इजलासमा सरुवा गरेको छ ।

    images
    images
    images

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार