Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

आरती साहका पति मोतीबाबु जनकपुरबाट पक्राउ 

आरती साहका पति मोतीबाबु जनकपुरबाट पक्राउ 

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस ९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस ९ २०८०
  • आरती साहका पति मोतीबाबु जनकपुरबाट पक्राउ 

    काठमाडौँ । आरती साहको मृत्य प्रकरणमा उनका श्रीमान मोतीबाबुलाई प्रहरीले पक्राउ गरेको छ । मोतीबाबुलाई जनकपुरबाट पक्राउ गरिएको धनुषाका एसपी मित्रबन्धु शर्माले रातोपाटीलाई बताए । मृतक आरती साहका पतिलाई पक्राउ गरेर पुनः थुनामा पठाउन सर्वोच्च अदालतले आदेश गरेको थियो । मंसिर २० मा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठले सो आदेश गरेका हुन् ।

    images
    images
    images

    सर्वोच्चको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको एसपी शर्माले जानकारी दिए । २०८० जेठ ७ मा जनकपुर उप–महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा आरती मृत फेला परेकी थिइन् । आरतिको हत्या भएको पीडित परिवारको आरोप छ ।

    पीडितको जाहेरीका आधारमा प्रहरीले त्यतिवेला  मोतीबाबु र ससुरा मदनमोहन सुडीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । जिल्ला अदालतको आदेशले थुनामा गएका उनीहरु उच्च अदालत जनकपुरको आदेशले छुटेका थिए । उच्चको आदेश सर्वोच्चले उल्टयाएको थियो । आरतीका बुवा, आमा काठमाडौँमा निरन्तर अनसनमा छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार