Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

मोरङमा कैद भुक्तान सकिने दिनमै कैदीको मृत्युपछि तनाबग्रस्त कोशी अस्पताल

मोरङमा कैद भुक्तान सकिने दिनमै कैदीको मृत्युपछि तनाबग्रस्त कोशी अस्पताल

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस ९ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस ९ २०८०
  • मोरङमा कैद भुक्तान सकिने दिनमै कैदीको मृत्युपछि तनाबग्रस्त कोशी अस्पताल

    विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा आज कैद भुक्तान सकिने दिनमै एक जना कैदीको मृत्यु भएको छ । लेनदेनको ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर–१० का ४८ वर्षीया चण्डेश्वर सहनीको आज बिहान मृत्यु भएको हो । सहनी आजै कैद भुक्तान गरी घर जादै थिए । उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images
    images
    images

    कारागार प्रशासनले पेट पोल्ने र श्वासप्रस्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकका आफन्तले भने उपचारमा लापरवाही भएको भन्दै अस्पताल परिसरमा नाराबाजी सुरु गरेका छन् ।

    उनको आजै कैद भुक्तान सकिने दिन थियो । सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आइरहेका थिए । उनलाई मोरङ जिल्ला अदालतले २०७८ मंसिरमा १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो । फरार रहेका उनलाई २०७९ माघ १७ गते पक्राउ गरेर अदालतमा उपस्थिति गराएर कारागार चलान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार