मन्त्री किराँतीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन
मन्त्री किराँतीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । नेपाल सनातन धर्म संस्कृति संगठनले मन्त्री किरातीका राजीनामा माग गर्दै काठमाडौंमा विरोध र्यालीसहित प्रदर्शन गरेको हो ।
सोमबार काठमाडौंको गौशालामा भेला भई धार्मिक गुरुहरूले र्यालीसहित संसद् भवन नयाँ बानेश्वर पुगी धर्ना कार्यक्रम गर्ने भनेपनि प्रहरीले निषेधित क्षेत्र भएको भन्दै प्रदर्शनकारीलाई संसद् भवन जान रोकेको थियो ।
प्रदर्शनकारीहरूले संसद् भवन जान नपाएपछि बानेश्वरको सडकमा कोणसभा गर्दै मन्त्री किरातीको राजीनामा मागेका थिए । साथै धार्मिक क्षेत्रमा अधार्मिक नियुक्ति पनि खारेजको माग गरेका छन् । मन्त्री किरातीले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री पदमा बसिरहन योग्य नरहेको सहभागीहरूले बताएका छन् ।