Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

सिन्धुलीमा महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट, प्रहरीद्वारा उद्धार

सिन्धुलीमा महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट, प्रहरीद्वारा उद्धार

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १० २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १० २०८०
  • सिन्धुलीमा महिलालाई पोलमा बाँधेर बेहोस हुने गरी कुटपिट, प्रहरीद्वारा उद्धार

    सिन्धुली । लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ ।

    images
    images
    images

    स्थानीय शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो । बाँधेर राखेकै अवस्थामा उनको उद्दार गरेर ल्याएर सेफ होममा राखेको प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले बताए  गाउँबाट उनका श्रीमानसहित ७ जनालाई पक्राउ गरेका  सिलवालले बताए ।  ‘उद्दार गरेर ल्याउँदा उहाँ बेहोस अवस्थामा हुनुहुन्थ्यो, शरीरमा निलडामहरु थिए ।’ उनले भने ।

    ऋणको विषयमा थापालाई गाउँलेले कुटपिट गरेको स्रोतले बतायो । घर अगाडी रहेको बिजुलीको पोलमा बाँधेर थापामाथि आफन्तैबाट कुटपिट भएको हो । कमलामाई नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष महेन्द्र प्रसाद ढकालले आइतबार बिहान आफूसँगको भेटमा ऋण तिर्ने सहमति भएको जानकारी दिए । उनले भने, 'पछिल्लो कुटपिटको घटनाबारे मलाई विस्तृत जानकारी भएन । बिहान अदालतमा रहेको मुद्दा फिर्ता लिने र ऋण तिर्दै जाने सहमति भएको थियो । बेलुका के भयो त्यो बुझ्नै पर्छ ।’
    कुटपिटबाट बेहोस भएकी थापालाई राति उपचारका लागि सिन्धुली अस्पताल पुर्‍याइएको थियो । अस्पतालका अनुसार उनको हड्डी टुटफुट भएको छैन, तर मासुमा चोट देखिएको छ । बेहोस भएका कारण उनको सिटिस्क्यान गरेर हेर्नु पर्ने अस्पतालले जनाएको छ ।

    घटनापछि प्रहरीले अनुसन्धानका लागि थापाका श्रीमान सहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरी उपरीक्षक सिलवालले भने, ‘महिलालाई पोलमा बानेको अवस्थामा रेस्क्यु गरेको हो । कसले गर्‍यो ? किन गर्‍यो ? यो अनुसन्धानकै क्रममा छ । शङ्कास्पद केही मान्छेलाई नियन्त्रणमा लिएका छौँ । श्रीमान् पनि नियन्त्रणमा छ । अनुसन्धान गर्न बाँकी छ ।’

    सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले गम्भीर विषय भएकाले प्रहरीले घटनाबारे अनुसन्धान गरी रहेको जानकारी दिए । उनले भने, ‘यो केसलाई सिरियस्ली हेर्दिनु पर्यो भनेर एसपी साबलाई भनेको छु ।’ थापा दम्पती बिच विवाद भएर सम्बन्ध विच्छेदको लागि सिन्धुली जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार