Sep 08 2024 | २०८१, भदौ २३ गते

मध्य प्रदेश : ट्रकसँग ठोक्किएर बसमा आगलागी, १३ जनाको मृत्यु

मध्य प्रदेश : ट्रकसँग ठोक्किएर बसमा आगलागी, १३ जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १२ २०८०
  • मध्य प्रदेश : ट्रकसँग ठोक्किएर बसमा आगलागी, १३ जनाको मृत्यु

    गुना । मध्य  प्रदेशको गुनामा बुधबार साँझ डम्पर ट्रकसँग ठोक्किएर बसमा आगलागी भएको छ । घटनामा बसमा सवार १२ जनाको जलेर मृत्यु भएको छ । सोही क्रममा डम्पर चालकको पनि मृत्यु भएको छ । यसरी यस दुर्घटनामा कूल १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनामा कम्तीमा १६ जना जलेर घाइते भएका छन् । उनीहरुलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । बुधबार साँझ करिब ८ः३० बजे दुर्घटना भएको हो ।

    images
    images

    राति अबेरसम्म पूरै कर्मचारी घटनास्थलमा पुगेर बसको भग्नावशेष हटाउने र अन्य यात्रुलाई उद्धार गर्ने काम गरेका थिए । घटना जिल्ला सदरमुकामबाट सात किलोमिटर टाढा रहेको घूम उपत्यकामा भएको हो । टोलीहरु हाल अनुसन्धानमा व्यस्त रहेको अधिकारीहरुले बताएका छन् ।

    मुख्यमन्त्री डा मोहन यादवले छानबिनको आदेश दिँदै आगामी दिनमा यस्तो घटना नदोहोरियोस् भन्ने सुनिश्चित गर्न अधिकारीहरूलाई आग्रह गरेका छन् । मृतकका आफन्तलाई चार लाख र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउन निर्देशन समेत दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट