Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

तमु (गुरुङ) सञ्चारकर्मी सङ्घद्वारा ६ पत्रकार पुरस्कृत

तमु (गुरुङ) सञ्चारकर्मी सङ्घद्वारा ६ पत्रकार पुरस्कृत

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १२ २०८०
  • तमु (गुरुङ) सञ्चारकर्मी सङ्घद्वारा ६ पत्रकार पुरस्कृत

    काठमाडौँ । तमु (गुरुङ) सञ्चारकर्मी सङ्घ, नेपालले ६ जना पत्रकारलाई तमु पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । आज काठमाडौँमा संघद्धारा आयोजित कार्यक्रममा प्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट हिरालाल गुरुङ (चितवन) र एमबी (मानबहादुर) आस्था मगर (कास्की)लाई पुरस्कृत गरेको हो ।

    images
    images
    images

    पुरस्कारको राशि जनही २० हजार १ रुपियाँ रहेको छ । त्यस्तै, सुश्री भद्राकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कारबाट करिश्मा गुरुङ (तनहुँ), लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट कार्टुनिष्ट अनुप गुरुङ (काठमाडौँ) र तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट रत्ना गुरुङ (स्याङ्जा) पुरस्कृत भएका छन् ।

    पुरस्कारको राशि जनही १० हजार १ रुपियाँ नगद रहेको छ । तमु ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कारबाट विकास गुरुङ (तेह्रथुम) पुरस्कृत भएका छन् । पुरस्कारको राशि १२ हजार ५०१ रुपियाँ रहेको पुरस्कार छनौट समितिका संयोजक अनिता गुरुङले बताइन् । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले आज एक समारोहबिच उनीहरुलाई पुरस्कृत गरेका हुन् । कार्यक्रममा उनले पत्रकारले खोजमूलक समाचार लेखेर नागरिकलाई सुसूचित गर्नुपर्ने बताए। सूचनाको हकको प्रयोग गरी रिपोर्टिङ गरेमा सही सूचनाहरू बाहिर आउने हुनाले त्यसको प्रयोग गर्न उनले पत्रकारलाई आग्रह गरेका थिए ।

    सङ्घका अध्यक्ष लाला गुरुङको सभापतित्वमा भएको कार्यक्रममा अनिता गुरुङ, पुरस्कृत हुनेमा एमवी आस्था मगर, करिश्मा गुरुङ, अनुप गुरुङले मन्तव्य राखेका थिए। पुरस्कारले आफूहरूलाई थप जिम्मेवार भएर पत्रकारिता गर्ने शिक्षा दिएको उनीहरुको भनाइ छ । सो अवसरमा गुरुङ न्युज डट कम नामक पत्रिकाको लोकार्पण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार