इपीएस कोरियाको नयाँ नियम चित्त नबुझेपछि युवाहरु आन्दोलनमा, मन्त्री ज्वालाको गाडीमाथि आगजनी
इपीएस कोरियाको नयाँ नियम चित्त नबुझेपछि युवाहरु आन्दोलनमा, मन्त्री ज्वालाको गाडीमाथि आगजनी
काठमाडौँ । कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनले ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी समेत गरेका छन् । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ।
मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगो लगाइएको थियो। आगलागीबाट बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा क्षति पुगेको छ।
ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले अहिले प्रहरी टोली घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए । उनका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेका छन् ।
भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका छन् । मन्त्री ज्वाला निस्किएपछि दुई पिएसओ पनि बाहिर निस्किएका थिए ।