Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर,पुस २५ गते सजाय तोकिने

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर,पुस २५ गते सजाय तोकिने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस १३ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस १३ २०८०
  • बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर,पुस २५ गते सजाय तोकिने

    काठमाडौँ ।  काठमाडौँ जिल्ला अदालतले नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । एक हप्तादेखि चलिरहेको बहसको अन्तिम सुनुवाइपछि जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई दोषी ठहर गरेको हो ।

    images
    images
    images

    २०७९ सालको भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिकाले भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

    २०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत, काठमाडौँमा   मुद्दा दर्ता भएकोमा आज फैसला भएको हो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत, पाटनले उनलाई छाडेको थियो । उच्चको आदेशलाई सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका थिए ।

    ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ । न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिबाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार