Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

गृहमन्त्री श्रेष्ठले भने– बालकुमारी घटनामा भौतिकमन्त्रीको आगमनले स्थिति असामान्य बन्यो

गृहमन्त्री श्रेष्ठले भने– बालकुमारी घटनामा भौतिकमन्त्रीको आगमनले स्थिति असामान्य बन्यो

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस १६ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस १६ २०८०
  • गृहमन्त्री श्रेष्ठले भने– बालकुमारी घटनामा भौतिकमन्त्रीको आगमनले स्थिति असामान्य बन्यो

    काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रवार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनको बेलामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन् ।

    images
    images
    images

    आज सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला त्यही बाटो भएर आउनुले स्थिति असामान्य बनेको बताएका हुन् ।

    मन्त्री ज्वालाले आन्दोलनकारीहरुसँग सवाल जवाफ गरेको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको प्रारम्भिक अध्ययनबाट थाहा भएको उनको भनाइ छ । साथै गोली चलेपछि मात्रै गाडी जलेको देखिएको पनि गृहमन्त्री श्रेष्ठले बताए । उनले घटनामा ईपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको पनि स्वीकार गरे ।

    दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनाको विषयमा संसदीय समितिले समितिले गृहमन्त्रीसहित प्रहरी प्रमुखसँग सोधपुछ गरेको हो । समितिको बैठकमा केही सांसदहरुले घटनाको जिम्मेवारी लिँदै राजीनामा दिन गृहमन्त्रीलाई सुझाव दिएका छन् ।   

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार