धोती दिवस मनाउने क्रममा माइतीघर मण्डलबाट सिके राउतसहित दर्जनौ पक्राउ
धोती दिवस मनाउने क्रममा माइतीघर मण्डलबाट सिके राउतसहित दर्जनौ पक्राउ
काठमाडौँ । ‘धोती दिवस’ मनाउन काठमाडौंको माइतीघर मण्डलामा भेला भएको एक समूहलाई प्रहरीले हस्तक्षेप गरेको छ । तराई तथा मधेस मूलका मानिसहरूले केही समयदेखि जनवरी १ लाई धोती दिवसका रूपमा मनाउँदै आएका छन् । विगतजस्तै यस वर्ष पनि धोती दिवस मनाउन उनीहरू माइतीघर मण्डला पुगेका थिए । तर प्रहरीले निषेधित क्षेत्र तोडेको भन्दै उनीहरूलाई तितरबितर पारेको छ । केहीलाई नियन्त्रणमा लिइएको छ ।
जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले धोती दिवस मनाउन पुगेका आफ्ना पार्टीका अध्यक्ष सिके राउत, आफूसहित पार्टीका करिब ३० नेता-कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।
काठमाडौंको सुरक्षा व्यवस्थालाई मध्यनजर गरेर सरकारले केही समयअघि माइतीघर मण्डलालगायत उपत्यकाका विभिन्न क्षेत्रमा -याली, जुलुस, प्रदर्शन गर्न निषेध गरेको छ ।