Dec 30 2024 | २०८१, पुस १५ गते

images
images

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङख्या ३० पुग्यो

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङख्या ३० पुग्यो

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १७ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १७ २०८०
  • जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङख्या ३० पुग्यो

    काठमाडौँ । मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको बताइएको छ। 

    images
    images
    images

    क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःखविरुद्धको लडाइँ भन्दै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन् ।

    सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ । सोमबारदेखि जापानमा कम्तिमा १ सय ५५ भूकम्प गएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट