Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

बालकुमारी घटना गम्भीर विषय हो : प्रवक्ता सापकोटा

बालकुमारी घटना गम्भीर विषय हो : प्रवक्ता सापकोटा

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १७ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस १७ २०८०
  • बालकुमारी घटना गम्भीर विषय हो : प्रवक्ता सापकोटा

    काठमाडौँ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बालकुमारी हत्या प्रकरण स्वाभाविक नभएको बताएका छन् ।

    images
    images
    images

    मङ्गलवार केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गरी उनले प्रथम दृष्टिमै त्रुटि रहेको जिकिर गरे । तर यो गम्भीर विषय भएकाले प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहेको उनले बताए ।

    यद्यपि यो घटना स्वाभाविक मान्न नसक्ने उनको निष्कर्ष छ । ‘आयोग गठन भएको छ । विस्तृत रिपोर्ट आयोगले नै बाहिर ल्याउँछ । यो गम्भीर विषय हो । प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहनुभएको छ । यस घटनालाई रूप र सारमा हेर्नुपर्छ’, उनले भने, ‘जनतामा आक्रोश हुनु स्वाभाविक हो । तर गोली नै चल्नुपर्ने अवस्था थिएन । यद्यपि यो घटना स्वाभाविक छैन । रहस्यमय छ । प्रथम दृष्टिमै गलत भएको छ । विभिन्न बहानामा जनतालाई भड्काउने काम भइराखेको हुनसक्ने हामीले भन्न सक्छौँ ।’ 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार