Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

पूर्व मुख्यसचिव नेतृत्वको समितिले गृह प्रशासन सुधारबारे माग्यो सुझाव

पूर्व मुख्यसचिव नेतृत्वको समितिले गृह प्रशासन सुधारबारे माग्यो सुझाव

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस १८ २०८०
  • पूर्व मुख्यसचिव नेतृत्वको समितिले गृह प्रशासन सुधारबारे माग्यो सुझाव

    काठमाडौँ । गृह मन्त्रालय र अन्तरगतका निकायहरूको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनका लागी गर्नुपर्ने सुधारका उपाय पहिचान गर्न गठित समितिले सुझाव मागेको छ ।

    images
    images
    images

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ४ मङ्सिरमा पूर्व मुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा १० सदस्यिय समिति गठन गरेका थिए । समितिले सुझाव माग्दै सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

    गृह प्रशासन अन्तर्गतका निकायहरूको कार्य सम्पादन सुधार र क्षमता विकाशको लागि आफ्ना अमूल्य सुझावहरू दिन समितिले भनेको छ । अध्ययन समितिले चारवटा उप–समिति गठन गरेको छ ।

    स्थानीय प्रशासन सुधार, सशस्त्र प्रहरी सुधार, नेपाल प्रहरी सुधार र अध्यागमन व्यवस्थापन सुधार कसरी गर्न सकिन्छ भन्नेबारे सुझाव दिन समितिले आग्रह गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार