Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

भारतीय विदेशमन्त्री जयशंकर आइपुगे नेपाल , परराष्ट्रमन्त्रीले गरे स्वागत

भारतीय विदेशमन्त्री जयशंकर आइपुगे नेपाल , परराष्ट्रमन्त्रीले गरे स्वागत

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १९ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १९ २०८०
  • भारतीय विदेशमन्त्री जयशंकर आइपुगे नेपाल , परराष्ट्रमन्त्रीले गरे स्वागत

    काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँ आइपुगेका छन् । उनी केही बेरअघि भारतीय वायु सेनाको विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । 

    images
    images
    images

    विमानस्थलमा विदेशमन्त्री जयशंकरलाई परराष्ट्रमन्त्री एनपी साउदसहित परराष्ट्रका अधिकारीहरूले स्वागत गरेका छन् । विदेशमन्त्रीका रुपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो ।

    यसपटक उनी नेपाल–भारत परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन नेपाल आएका हुन् । त्यसक्रममा विदेशमन्त्री जयशंकरको उपस्थितिमा नेपालबाट भारतमा आगामी दश वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी छ ।  उनको टोलीमा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च अधिकारी रहेका छन् । 

    परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला भएका सम्झौता कार्यान्वयनका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  विदेशमन्त्री जयशंकरले काठमाडौँमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी ओलीलगायत नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार