सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प मापन भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०ः१७ बजे भूकम्प गएको हो।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो।
उक्त भूकम्प काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि महसुस भएको थियो।