Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

केएमसी अस्पतालबाहिर चिकित्सक र अस्पतालका सुरक्षाकर्मीबीच  ‘झडप’

केएमसी अस्पतालबाहिर चिकित्सक र अस्पतालका सुरक्षाकर्मीबीच  ‘झडप’

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १९ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १९ २०८०
  • केएमसी अस्पतालबाहिर चिकित्सक र अस्पतालका सुरक्षाकर्मीबीच  ‘झडप’

    काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालबाहिर आवासीय चिकित्सक र अस्पतालका सुरक्षाकर्मीबीच बिहीबार ‘झडप’ भएको छ । झडपपछि आन्दोलनरत चिकित्सक अस्पतालबाहिर सडकमा नाराबाजीमा उत्रिएका छन् ।

    images
    images
    images

    निलम्बन गरिएका आवासीय चिकित्सक डा. विशद दाहाललाई अस्पतालमा प्रवेश गर्न दिनुपर्ने माग राख्दै गेटबाहिर प्रदर्शन गरिएको थियो । त्यसक्रममा चिकित्सकको समूहमाथि अस्पताल प्रशासनले बल प्रयोग गरेको बताइएको छ ।

    काठमाडौँ विश्वविद्यालय (केयू)ले चिकित्सक दाहालमाथिको निलम्बन तत्काललाई स्थगन गर्न भन्दै मंगलबार केएमसीलाई पत्राचार गरेको थियो । तर, केएमसीका सञ्चालक एवं नेपाली कांग्रेसका सांसद सुनील शर्माले डा. दाहाललाई केयू नै फिर्ता पठाउने प्रतिक्रिया दिँदै आएका छन् ।

    निलम्बनको विरोधमा डा. दाहालसहित पीजी तह पहिलो र दोस्रो वर्षका झन्डै ८० आवासीय चिकित्सक आन्दोलित छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार