Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १९ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस १९ २०८०
  • प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत भएको छ । गजुरेलले गत मंसिर २० मा राजीनामा दिएका थिए ।  

    images
    images
    images

    उनको राजीनामा मंसिर २० बाटै लागु हुनेगरी स्वीकृत गरिएको प्रधानमन्त्रीको सचिवालयले बिहीबार औपचारिक जानकारी दिएको छ । राजीनामा दिएपछि गजुरेल प्रधानमन्त्रीका नियमित काममा संलग्न थिएनन् ।

    गजुरेल प्रतिनिधिसभाको गत वर्षको निर्वाचनमा उम्मेदवारका लागि टिकट पाएका थिएनन् । प्रधानमन्त्री भएपछि दाहालले गत वर्ष माघ ९ मा गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार