Nov 24 2024 | २०८१, मंसिर ९ गते

images

सिट भागबन्डामा अन्तिम निर्णय लिन गठबन्धनको बैठक बस्दै

सिट भागबन्डामा अन्तिम निर्णय लिन गठबन्धनको बैठक बस्दै

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २२ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २२ २०८०
  • सिट भागबन्डामा अन्तिम निर्णय लिन गठबन्धनको बैठक बस्दै

    काठमाडौँ। सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठक आज पनि बस्दै छ । हिजो शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राति अबेरसम्म बसेको बैठकमा केही दल असन्तुष्ट बनेपछि आज निर्णायक बैठक बस्न लागेको हो ।

    images
    images
    images

    शनिबार रातिको बैठकमा राष्ट्रिय सभामा रिक्त १९ सिटका लागि गरेको सहमती अनुसार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेर बिचैमा हिँडे पछि तीन दलले चार प्रदेशमा आपसी भागबण्डा गरेका थिए । एकीकृत समाजवादी आफूले पाउने सिटप्रति असन्तुष्टी जनाएर हिडेपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले सिटको भागबन्डा गरेका हुन् ।

    एकिकृत समाजवादीले तीन सिटमा दाबी गर्दै आएको छ । तर कांग्रेस र माओवादीले दुई सिटमात्र दिन सकिने बताएपछि समाजवादी असुन्तुष्ट छ। सोहि विषयमा आज पुनः छलफल गरेर निणर्यमा पुग्ने गठबन्धनको तयारी छ । शनिबारको छलफलमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने निर्णय गरेको थियो।

    कोशीमा कांग्रेसले १ र माओवादीले १, मधेशमा कांग्रेसले १ र जसपाले १, सुदूरपश्चिममा कांग्रेसले १ र माओवादीले १ र लुम्बिनीमा कांग्रेसले १ र माओवादीले १ सिट पाउने अनौपचारिक सहमति भएपनि यसमा समाजवादी सन्तुष्ट देखिएको छैन् । वाग्मती, गण्डकी र कर्णालीमा कांग्रेस र एकीकृत समाजवादीबीच सिट बाँडफाँटमा सहमति हुन बाँकी छ । माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा भोली उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार