एमालेले टुंग्यायो चार प्रदेशका राष्ट्रियसभा उम्मेदवार
एमालेले टुंग्यायो चार प्रदेशका राष्ट्रियसभा उम्मेदवार
काठमाडौँ। नेकपा एमालेले गण्डकी र कर्णाली प्रदेशमा पनि राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ।
एमालेले गण्डकी प्रदेशमा बागलुङका मोहनलाल शर्मा, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी सम्झना देवकोटालाई राष्ट्रियसभा उम्मेदवार बनाउने भएको छ ।
त्यस्तै एमालेबाट कर्णालीमा मुगुका डिल्लीराज भट्ट, दैलेखका हिक्मत बिक र हुम्लाकी विमलाकुमारी शाही उम्मेदवार बन्ने टुंगो लागेको छ ।
एमाले बागमतीले राष्ट्रियसभाको उम्मेदवारका लागि दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुंगो लगाएको हो ।
त्यस्तै एमाले सुदूरपश्चिमले ईश्वरीप्रसाद खरेल, सावित्रा घिमिरे र रामचन्द्र जोशीको नाम फाइनल गरेको छ । नेकपा एमालेले राष्ट्रियसभा चुनाव हुने १९ पदमै उम्मेदवारी दिने निर्णय गरेको छ ।