Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

इप्पानले गर्‍यो भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने सम्झौताको स्वागत

इप्पानले गर्‍यो भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने सम्झौताको स्वागत

एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २२ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, पुस २२ २०८०
  • इप्पानले गर्‍यो भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने सम्झौताको स्वागत

    काठमाडौँ । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी नेपाल र भारतबिच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको इप्पानले स्वागत गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी इप्पानले उक्त सम्झौताको स्वागत गरेको हो ।

    images
    images
    images

    सन १९७१ देखि नेपाल र भारतबिच विद्युत् आदान प्रदान हुँदै आएकोमा सन २०१४ मा विद्युत् व्यापार सम्झौता (पीटीए) भएको थियो । सोही सम्झौतामा टेकेर पछिल्लो समय नेपालबाट ५०० मेगावाटसम्म विद्युत् अल्पकालीन रूपमा भारतमा निर्यात हुँदै आएको थियो । चालू आर्थिक वर्षमा मात्रै नेपालबाट १५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् भारत निर्यात भएकोमा यसमा निजी क्षेत्रले निर्माण गरेका जलविद्युत आयोजनाको ठुलो हिस्सा रहेको थियो ।

    भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा २०८० पुस १९ गते भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताबाट पनि नेपालको निजी क्षेत्रले ठुलो लाभ लिन सक्ने इप्पानको विश्वास छ । गत जेठमा सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा विद्युत् निर्यातको प्रारम्भिक समझदारी भएकोमा अहिले आएर भएको सम्झौताको ऐतिहासिक महत्त्व रहेको इप्पानको ठम्याई छ ।

    यो सम्झौतासँगै अब नेपाल विद्युत् प्राधिकरणले रोकिराखेको विद्युत् खरिद सम्झौता (पीपीए) पूर्ण रुपमा खुल्ला हुनुपर्ने तथा निजी क्षेत्रलाई विद्युत् निर्यातका लागि अनुमति पत्र दिने, बैंक तथा वित्तीय संस्थाले ऊर्जामा लगानी बढाउने अपेक्षा इप्पानको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार