चितवनमा बोरामा भेटिएको दुई शवको डेढ महिनापछि सनाखत
चितवनमा बोरामा भेटिएको दुई शवको डेढ महिनापछि सनाखत
काठमाडौँ । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भएको छ । उनीहरु भारत भई भरतपुरमा व्यापार गरी बस्दै आएका दम्पती रहेको खुलेको छ। उनीहरुको हत्या भएको र हत्यारा पनि भारतीय नै रहेको प्रहरीले बताएको छ।
बोराभित्र बाँधिएको अवस्थामा गत मंसिर ६ गते एक पुरुष र महिलाको शव फेला परेको थियो। घटनापछि सिआइबी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो। प्रहरीले शव पहिचानका लागि दुई पटक स्केच सार्वजनिक गरेको थियो।