Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

ट्रङ्क र डेडिकेटेड लाइन विवादमा प्राधिकरण ठोस निर्णयमा पुग्दैछ : कुलमान घिसिङ

ट्रङ्क र डेडिकेटेड लाइन विवादमा प्राधिकरण ठोस निर्णयमा पुग्दैछ : कुलमान घिसिङ

एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २३ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, पुस २३ २०८०
  • ट्रङ्क र डेडिकेटेड लाइन विवादमा प्राधिकरण ठोस निर्णयमा पुग्दैछ : कुलमान घिसिङ

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रङ्क र डेडिकेटेड लाइनका सम्बन्धमा प्राधिकरण ठोस निर्णय पुग्न चाहेको बताएका छन् । 

    images
    images
    images

    सोमबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुसहित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा निर्देशक घिसिङले विद्युत महशुल निर्धारण आयोगसँग आवश्यक परामर्श गरी प्राधिकरण ठोस निर्णय पुग्न चाहेको बताएका हुन् । त्यसका लागि आवश्यक पहल गरिने उनको भनाई छ । 

    साथै निर्देशक घिसिङले प्राधिकरणका प्राथमिकता, काम र आगामी कार्ययोजनाबारे पनि बिफ्रिङ गरे । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगीहरूले उठाएका विषयमध्ये जायज र सम्बोधन गर्न सकिने मागमा सहजीकरणको सम्भावना खोज्नुपर्ने बताउँदै उद्योग सञ्चालनका लागि मन्त्रालयले सम्भव समन्वय गरिरहेको बताए ।

    नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले विद्युत नियमन आयोगको निर्णय र प्रचलित कानुन र कार्यविधिअनुसार नै अन्तिम समाधान निकाल्नुपर्ने बताए ।

    बैठकमा प्रधानमन्त्री प्रचण्डले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने बिकल्प खोज्न निर्देशन दिएका छन् ।  

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार