Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

भारतसँग भएका पछिल्ला सम्झौताबारे संसदीय समितिमा जवाफ दिँदै प्रधानमन्त्री

भारतसँग भएका पछिल्ला सम्झौताबारे संसदीय समितिमा जवाफ दिँदै प्रधानमन्त्री

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २४ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २४ २०८०
  • भारतसँग भएका पछिल्ला सम्झौताबारे संसदीय समितिमा जवाफ दिँदै प्रधानमन्त्री

    काठमाडौँ । नेपाल–भारतबीच हालै भएका ४ वटा सम्झौताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदीय समितिलाई जानकारी गराउने भएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बुधवार बस्ने बैठकमा प्रधानमन्त्रीले सम्झौताबारे जानकारी गराउने कार्यसूची रहेको समिति सचिव अधिराज राईले जनाएका छन् ।

    images
    images
    images

    भारतीय विदेशमन्त्री डा. एस जयशंकरले हालै गरेको नेपाल भ्रमणको क्रममा पुस १९ गते विद्युत व्यापार लगायत ४ वटा सम्झौता भएका थिए । भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता र उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गतको रकम २० करोड रूपैयाँ पुर्‍याउने सम्झौतामा गत बिहीवार हस्ताक्षर भएको थियो । नेपालले बनाएको मुनाल स्याटेलाइट प्रक्षेपणका लागि भारतले सहयोग गर्ने अर्को सम्झौता भएको छ ।

    यस्तै नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट) र डिपार्टमेन्ट अफ स्पेस अन्तर्गत न्यु स्पेस इन्डिया लिमिटेडबीच सम्झौता भएको थियो ।  भारतीय दूतावासले सहयोग गर्ने रकम २० करोड पुर्‍याइएको सम्झौताबारे सांसदहरूले चासो राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार