सभामुख घिमिरे र आयरल्यान्डका माथिल्लो सभाका अध्यक्ष बट्टिमरबीच शिष्टाचार भेट
सभामुख घिमिरे र आयरल्यान्डका माथिल्लो सभाका अध्यक्ष बट्टिमरबीच शिष्टाचार भेट
काठमाडौँ । नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा सभामुख घिमिरे र अध्यक्ष बट्टिमरबीच दुई देशको सम्बन्ध विस्तार र संसद्मा आपसी सहयोगका बारेमा छलफल भएको संघीय संसद् सचिवालयका कार्यवाहक महासचिव पद्यप्रसाद पाण्डेयले बताए।
उनले सभामुख घिमिरेले आफू आयरल्यान्ड भ्रमण जाँदा राखेका संसदीय अभ्यासका सहयोग र आयरल्यान्डमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कुराहरू उठाएको बताए ।
सभामुख घिमिरेले चीन र भारतको जस्तै नेपाली नागरिकलाई पनि बेलायतको भिसा लिएको खण्डमा आयरल्यान्ड भ्रमण गर्न अनुमति दिनुपर्ने कुरामा जोड दिएको कार्यवाहक महासचिव पाण्डेयले बताए ।
जवाफमा अध्यक्ष बट्टिमरले आफू उठेका प्रश्नमा गम्भीर रहेको र आयरल्यान्डमा नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति दिने कुरा अघि बढाउन भ्रमणपछि स्वदेश फर्किए लगत्तै आयरल्यान्डका शिक्षामन्त्रीसँग कुरा राख्ने प्रतिबद्धता जनाएको पनि कार्यवाहक महासचिव पाण्डेले बताए ।