Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

ऐन स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएन : सचिव सिंह

ऐन स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएन : सचिव सिंह

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २४ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २४ २०८०
  • ऐन स्पष्ट नहुँदा कर्मचारी सरुवा व्यवस्थित बनाउन सकिएन : सचिव सिंह

    काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सङ्घीय निजामती ऐन नआउँदा कर्मचारी उत्साहित भएर काम गर्न नसकिएको बताएका छन् । 

    images
    images
    images

    राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सचिव सिंहले निजामती कर्मचारीको सरुवालाई व्यवस्थित बनाउन मन्त्रालय पूर्णरुपमा सफल हुन नसकेको स्वीकार गरे । 

    सचिव सिंहले निजामती सेवा ऐनमा दुई वर्षमा मात्रै सरुवा गर्ने भन्ने नियम रहेको भएपनि विभिन्न कारणले तोकिएको समयसीमा भन्दा चाँडै सरुवा हुने गरेको बताए। उनले नीति र कानुन स्पष्ट नहुँदा कर्मचारी सरुवालाई व्यवस्थित बनाउन नसकेको जिकिर गरे ।

    सचिव सिंहले निजामती सेवा ऐन नबन्दा पुरानै ऐनलाई मिलाएर चल्नुपर्ने बाध्यता रहेको पनि उल्लेख गरे । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार