Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय सुनाइँदै

क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय सुनाइँदै

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २५ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २५ २०८०
  • क्रिकेटर सन्दीप लामिछानेलाई आज सजाय सुनाइँदै

    काठमाडौँ । जिल्ला अदालत, काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सजाय निर्धारणका लागि पेशी तोकिएको छ। न्यायाधीश ढकालकै इजलासले पुस १३ गते लामिछानेलाई दोषी ठहर गरेको थियो।

    images
    images
    images

    २०७९ भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै पीडितले गौशाला प्रहरी वृत्तमा भदौ २१ मा किटानी जाहेरी दिएकी थिइन्। जाहेरी पर्दा लामिछाने क्रिकेट खेल्न अफ्रिकी मुलुक गएका थिए। जाहेरी परेको सार्वजनिक भएपछि उनी नेपाली टोलीसँग नफर्की अमेरिका भागेका थिए।

    इन्टरपोल मार्फत पक्राउ पर्ने सूचना पाएपछि उनी असोज २० गते नेपाल फर्किएका थिए। उनी विरुद्ध कात्तिक १४ गते जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो।

    जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत, पाटनले उनलाई छोडिदिएको थियो। उच्चको आदेशलाई सर्वोच्चले समेत सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका थिए।

    मुद्दा दर्ता भएको झन्डै डेढ वर्षपछि पुस १३ मा अदालतको फैसला आएको हो। युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालत, काठमाडौंले ठहर गरेको छ।

    उनलाई मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा १, २ र ३ को ‘ङ’ अनुसार कसूरदार ठहर्‍याइएको हो। पीडित महिलाको उमेर १८ वर्ष वा सोभन्दा बढी उमेरको भएमा सात वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ। कैद सजाय निर्धारण गर्न आज पेशी तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार