Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

सन्दीप लामिछानेलाई तोकियो ८ वर्ष जेल सजाय

सन्दीप लामिछानेलाई तोकियो ८ वर्ष जेल सजाय

एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २५ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, पुस २५ २०८०
  • सन्दीप लामिछानेलाई तोकियो ८ वर्ष जेल सजाय

    काठमाडौँ । बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले बुधवार लामिछानेविरुद्ध ८ वर्ष कैद सजाय निर्धारण गरेको हो । 

    images
    images
    images

    पीडित गौशाला–२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो। तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै पेसी तोकेर दुबै पक्षको बहस सुनेर सजाय निर्धारण गर्ने व्यवस्था छ। सोहीअनुसार आज तोकिएको पेसीले सजाय निर्धारण गरेको हो । 

    इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको छ। इजलासले काठमाडौँदेखि नगरकोट गई फेरि काठमाडौँ फर्किएर गौशालास्थित ‘काठमाडौँ होटल इन’मा एकै कोठामा बसेको र करणी भएको देखिएको अदालतको फैसलामा उल्लेख छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार