Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस २६ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस २६ २०८०
  • क्यानले गर्‍यो सन्दीप लामिछानेलाई निलम्बन

    काठमाडौँ । बलात्कार मुद्दामा जेल सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ । काठमाडौँ जिल्ला अदालतले बलात्कार मुद्दामा बुधबार ८ वर्ष जेल र ५ लाख जरिवाना सुनाएपछि क्यानले बिहीबार लामिछानेलाई  निलम्बन गरेको हो ।

    images
    images
    images

    क्यान अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको प्रेस विज्ञप्तिमा लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको जानकारी दिएका छन् ।

    राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछाने विरुद्ध २१ भदौ २०७९ मा बलात्कारको उजुरी परेको थियो ।  ५ भदौमा बानेश्वरबाट एक युवतीलाई नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौँ इनमा लगेर बलात्कार गरेको आरोपमा अदालतले सन्दीलाई दोषी ठहर गरेको हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार