Nov 26 2024 | २०८१, मंसिर ११ गते

images

नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको काममा तीव्रता आएको छ : मन्त्री ज्वाला

नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको काममा तीव्रता आएको छ : मन्त्री ज्वाला

एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस २६ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , पुस २६ २०८०
  • नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको काममा तीव्रता आएको छ : मन्त्री ज्वाला

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडक खण्डको कामले तीव्रता पाएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    images
    images
    images

    मन्त्री ज्वालाले दुवै राजमार्गहरुको एक साइट टु लेन छिटोभन्दा छिटो सक्ने गरी कामअघि बढाइएको बताए । उनले सरकारलै सो क्षेत्रमा समस्या समाधान पहिचान गरिसकेकाले अब काम तीव्र रुपमा अघि बढ्ने दाबी गरे । उनले मन्त्रायलसहितको टिम केही दिनमै सो राजमार्गको अवलोकन एवं निरीक्षणका लागि जाने सो क्रममा सर्वपक्षीय भेला राखेर समस्याको समाधान गरी काम छिटो सक्ने बताए । उनले सो सडकखण्डका मुख्य समस्या स्थानीय निर्माण सामग्री रहेको बताए ।  

    मन्त्री ज्वालाले निर्माण सामग्रीको हकमा पनि नारायणगढ-बुटवलको पूर्वीखण्डमा समस्या नरहेको तर पश्चिम खण्डमा रहेको केही समस्याको समाधानका लागि स्थानीय तहसँग समन्वय र सहकार्यको पहल गरिरहेको बताए । उनले सो सडकखण्डहरुमा अहिले विद्युत् पोल र तारको केही समस्या रहेपनि चाँडै त्यसको समाधान हुने प्रतिबद्धता व्यक्त गरे ।

    सरकारले अहिले सडकको मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले बताए । उनले पछिल्लो समय दुवै सडक खण्ड (नारायणगढ-बुटवल र मुग्लिन-पोखरा) मा प्रगति उल्लेख्य रहेको बताए । मन्त्री ज्वालाले सरकारले लगाएका ठेक्का पट्टालाई काम लगाउने नै पहिलो प्राथमिकता बनाएको बताए । उनले काम गरे/नगरेको बारेमा मन्त्रालयको टिम नै गएर अवलोकन एवं निरीक्षण गर्ने र काम नभएको देखिए ठेक्का तोड्ने पनि बताए । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार