Nov 23 2024 | २०८१, मंसिर ८ गते

images

एसीसी वुमन्स प्रिमियर कप मलेसियामा हुने, नेपालसहित १६ टोलीले प्रतिस्पर्धा गर्दै

एसीसी वुमन्स प्रिमियर कप मलेसियामा हुने, नेपालसहित १६ टोलीले प्रतिस्पर्धा गर्दै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २७ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २७ २०८०
  • एसीसी वुमन्स प्रिमियर कप मलेसियामा हुने, नेपालसहित १६ टोलीले प्रतिस्पर्धा गर्दै

    काठमाडौँ। एसीसी वुमन्स प्रिमियर कप आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) बिहीबार वर्ष २०२४ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै महिला वुमन्स कपको मिति तय गरेको हो ।

    images
    images
    images

    टी २० फर्म्याटमा हुने प्रतियोगितामा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, थाइल्याण्ड, युएई, हङकङ, चीन, म्यानमार, इन्डोनेसिया, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्सले खेल्नेछन् । यस प्रतियोगिताको शीर्ष दुई टोलीले महिला एसिया कप टी २० क्रिकेट खेल्न पाउनेछ ।

    एसीसीले सार्वजनिक गरेको क्यालेन्डर अनुसार महिला एसिया कप जुलाईमा हुनेछ । जसमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित प्रिमियर कपका शीर्ष दुई टोली गरी कूल ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    नेपालको महिला टोलीले पछिल्लो पटक गत सेप्टेम्बरमा मलेसियामै भएको आईसीसी वुमन्स टी २० विश्वकप एसिया रिजन क्वालिफायर खेलेको थियो । त्यसपछि नोभेम्बरमा हङकङमा चार देश सहभागी टी २० सिरिज खेलेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट