Sep 08 2024 | २०८१, भदौ २३ गते

धरानका मेयर हर्क साम्पाङले गरे उपकूलपतिको कार्यकक्षमा तालाबन्दी

धरानका मेयर हर्क साम्पाङले गरे उपकूलपतिको कार्यकक्षमा तालाबन्दी

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १ २०८०
  • धरानका मेयर हर्क साम्पाङले गरे उपकूलपतिको कार्यकक्षमा तालाबन्दी

    धरान । धरान उपमहानगरका मेयर हर्कराज राई (साम्पाङ)ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन्।

    images
    images

    मोटरसाइकल चढेर एक्लै प्रतिष्ठानमा पुगेका मेयर साम्पाङले शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनप्रति एक्बद्धता जनाए। त्यसपछि उपकुलपतिको कार्यकक्षमा गएर ताला लगाएका हुन्।

    कामु उपकुलपति कार्कीले शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन नगरेकाले तालाबन्दी गर्नु परेको मेयर साम्पाङको भनाइ छ। आफूले लगाएको ताला नखोल्न पनि चेतावनी दिए।

    मेयर साम्पाङले ताला लगाउँदै भने, “बीपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरुले खोल्ने आँट नगरुन्, आवश्यक परेका वेला म आफैं आएर खोल्छु।”

    बीपी प्रतिष्ठानलाई धरासायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने मेयर साम्पाङको भनाइ थियो। उपकुलपतिको कार्यकक्षमा ताला लगाएपछि उनी आफ्नो कार्यालयमा फर्केका थिए।

    बढुवा प्रक्रिया शुरू नभएपछि प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सक आन्दोलनमा छन्। आकस्मिक कक्ष, ल्याब, एक्स(रे बाहेकका सम्पूर्ण सेवा बन्द गरेर उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले आइतबार ओपीडीको चाबी अस्पताल प्रशासनलाई बुझाएका थिए।

    आन्दोलनरत कर्मचारी, शिक्षक र चिकित्सकका अनुसार चार जना पदाधिकारीमध्ये तीन जना बढुवा प्रक्रियामा सकारात्मक छन्। तर निमित्त उपकुलपति कार्की सहमत देखिएका छैनन्।

    यसअघि पनि उनीहरूले आन्दोलन गरेका थिए। त्यति वेला बढुवा प्रक्रिया अघि बढाउने सहमति भएको थियो। प्रतिष्ठान पदाधिकारीको बेवास्ताका कारण १७७ शिक्षक र एक हजार २०० कर्मचारीको बढुवा प्रक्रिया रोकिएको उनीहरूले बताएका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट