साहस उर्जाले ३४१ मेगावाटको बुढीगण्डकी आयोजना प्रबर्द्धक टाइम्स इनर्जीलाई एक्वायर गर्ने
साहस उर्जाले ३४१ मेगावाटको बुढीगण्डकी आयोजना प्रबर्द्धक टाइम्स इनर्जीलाई एक्वायर गर्ने
काठमाडौँ । साहस उर्जा लिमिटेडले ३४१ मेगावाटको बुढीगण्डकी आयोजना प्रबर्द्धक टाइम्स इनर्जीलाई एक्वायर गर्ने भएको छ ।
कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ योजना प्राप्ति गर्ने निर्णय गरेको हो । सोही निर्णयबारे एक सूचना जारी गर्दै साहस उर्जाले निर्माण तथा सञ्चालनका लागि उपयुक्त देखिएको हुँदा उक्त योजनाको प्रबर्द्धक कम्पनी टाइम्स इनर्जी प्रालिलाई प्राप्ति गर्ने निर्णय भएको जानकारी दिएको हो ।
३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत योजना अर्धजलाशययुक्त योजना हो । गोरखामा निर्माण हुने उक्त योजना वि।सं २०८५ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । दुई अर्ब रुपैयाँमा योजनाको लाइसेन्स साहस उर्जाले खरिद गर्न लागेको हो