Sep 08 2024 | २०८१, भदौ २३ गते

जापानको एयरपोर्टमा फेरि ठोक्किए दुई यात्रुवाहक जहाज

जापानको एयरपोर्टमा फेरि ठोक्किए दुई यात्रुवाहक जहाज

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ ३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ ३ २०८०
  • जापानको एयरपोर्टमा फेरि ठोक्किए दुई यात्रुवाहक जहाज

    जापानको विमानस्थलमा फेरि दुई जहाज ठोक्किएका छन्। २ जनवरीमा टोक्योको एक एयरपोर्टमा दुई जहाज जुध्दा ५ जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै अर्को दुर्घटना भएको हो।  

    images
    images

    जापानको सरकारी सञ्चारमाध्यम एनएचकेका अनुसार होक्काइडोको न्यू चितोस एयरपोर्टमा स्थानीय समयअनुसार साढे ५ बजे यो दुर्घटना भएको हो।  तर पनि यो दुर्घटनामा कुनै हातहती भएको छैन। एनचकेका अनुसार यो दुर्घटना होक्काइडो एयरपोर्टमा दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिकको विमान जुध्दा भएको हो। 

    समाचार एजेन्सी रोयटर्सले कोरियन एयरका अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार यस एयरपोर्टमा उडान भर्ने क्रममा उसको एक जहाज क्याथे प्यासिफिक एयरवेजको जहाजसँग ठोक्किएको हो। कोरियन एयरको जहाजमा २८९ यात्रु सवार थिए।  उता क्याथे प्यासिफिकलाई उद्धृत गर्दै एनएचकेले जनाएअनुसार कोरियन एयरसँग ठक्कर खाँदा जहाजमा कोही यात्रु थिएनन्।

    यस घटनापछि न्यू चितोस एयरपोर्टबाट हुने कयौँ जहाजको उडान मंगलबारलाई रद्द गरिएको छ। २ जनवरीमा जापानको हनेडा एयरपोर्टमा दुई विमान जुध्दा जापानी कोस्ट गार्डका ६ जना अधिकारीको ज्यान गएको थियो। 

    त्यसबेला जापान एयरलाइन्सको जहाज अवतरणका क्रममा रनवेमा रहेको कोस्ट गार्डको विमानसँग ठोक्किएको थियो। त्यसपछि दुवै विमानमा भीषण आगो लागेको थियो। त्यसबेला जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालिएको थियो। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट