images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

उपराष्ट्रपति यादव र भारतीय राजदूतबिच भेटवार्ता

उपराष्ट्रपति यादव र भारतीय राजदूतबिच भेटवार्ता

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ ३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ ३ २०८०
  • उपराष्ट्रपति यादव र भारतीय राजदूतबिच भेटवार्ता

    काठमाडौँ । भारतका राजदूत नवीन श्रीवास्तवले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गरेका छन् । भेटघाटका क्रममा परस्पर शुभकामना आदान–प्रदानपछि दुई मुलुकको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरु, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरू लगायत विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जानकारी दिएको हो ।

    images
    images
    images

    भेटमा उपराष्ट्रपति यादवले नेपाल र भारतबिच सौहार्द्रता, मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगले गाँसिएको गहिरो एवं वृहत् सम्बन्ध रहेको बताए । ‘दुई देशबिचका सम्बन्धहरू सार्वभौमिक समानता, असल छिमेकीपन, आपसी सम्मान र पारस्परिक विश्वासका सिद्धान्तमा आधारित छन्’ उनले भने, ‘नेपाल र भारतबिच सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक सम्बन्ध एवं जनस्तरको घनिष्ठ सम्बन्धको शताब्दियौँ पुरानो परम्परा छ ।’

    हालैका वर्षहरूमा नेपाल–भारत सहयोग र विकास साझेदारी, विशेष गरी सीमापार पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा राम्रो गति लिएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘मित्रराष्ट्र भारतले सामाजिक–आर्थिक विकासमा निरन्तर प्रगति गरिरहेको र अन्तर्राष्ट्रिय शक्तिको रूपमा उदाउँदै गएकोमा हामीलाई खुसी लागेको छ । ‘जी–टू’ को सफल अध्यक्षता गरी समूहका लागि महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्न सकेकोमा हामी भारतलाई बधाई दिन्छौँ ।’ छिमेकीलाई प्राथमिकता दिने भारतको ‘नेबरहूड फस्ट’ नीतिले भारतले आफ्ना छिमेकी राष्ट्रहरूलाई दिएको प्राथमिकता र महत्वलाई प्रतिविम्बित गरेको बताउँदै उनले भने, ‘उच्चस्तरीय भ्रमणको आदान–प्रदानले हाम्रा दुई मुलुकबिचको हार्दिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।’

    उनले नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकको क्रममा नेपाल आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले हामीबिच आदानप्रदान भएका दीर्घकालीन ऊर्जा व्यापार लगायतका सम्झौताहरू हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए ।  भेटमा भारतका राजदूत श्रीवास्तवले दुई मुलुकबिच बहुआयामिक सम्बन्ध रहेको जनाउँदै भारत सधैँ नेपालको विकास यात्रामा सहयोगी रहेको र अगामी दिनहरूमा पनि रहिरहने बताए ।  ‘नेपालमा भारत रासायनिक मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने क्रममा रहेको छ । यसअघि कृषिमा भएको सम्झौता परिमार्जन गर्दै र खानेपानीको क्षेत्रमा भारतले हासिल गरेको अनुभवका आधारमा सहयोग गर्न भारत तयार छ ’ उनले भने, ‘ अन्तरिक्षमा नेपाली स्याटेलाइट ‘मुनाल’ को प्रक्षेपण गर्न र क्रिकेट क्षेत्रमा सहयोग गर्ने चाहना भारतले राखेको छ । ’

    राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालसँग खास लगाव रहेको जनाउँदै सन २०२४ मा भारतका विदेशमन्त्रीको पहिलो अन्तर्राष्ट्रिय भ्रमण नेपालबाट हुनुले हाम्रो मुलुकले नेपाललाई दिएको महत्त्व र प्राथमिकतालाई दर्साएको बताए । उनले भने, ‘नेपालका धार्मिक स्थलमा जाने सडकको स्तरोन्नति भए भारतीय पर्यटकको सङ्ख्या बढ्ने भएकाले त्यसका लागि भारत सहयोग गर्न तयार छ ।’ 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट