Sep 08 2024 | २०८१, भदौ २३ गते

वीर अस्पतालमा बिरामीको खाना र खाजा कटौती नगर्न सर्वोच्चको अन्तरिम आदेश 

वीर अस्पतालमा बिरामीको खाना र खाजा कटौती नगर्न सर्वोच्चको अन्तरिम आदेश 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ ५ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, माघ ५ २०८०
  • वीर अस्पतालमा बिरामीको खाना र खाजा कटौती नगर्न सर्वोच्चको अन्तरिम आदेश 

    काठमाडौँ । वीर अस्पतालले बजेट अभाव भन्दै बिरामीको खाजा र खाना कटौती गरकोमा सो निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

    images
    images

    सर्वोच्चका न्यायाधीश हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार अन्तरिम आदेश दिएको हो । यसअघि पुस १८ मा न्यायाधीश बालकृष्ण ढकालको इजलासले अन्तरिम आदेशका लागि दुई पक्षलाई छलफलमा बोलाएको थियो ।

    अधिवक्ता विमल पोखरेलले वीर अस्पतालमा बिरामीको खाजा र खाना कटौती गरिएको भन्दै सो निर्णय कार्यान्वयन रोक्न भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमाथि आज सर्वोच्चबाट अन्तरिम आदेश आएको हो । 

    सरकारले वीर अस्पतालका चालु आर्थिक वर्षको बजेटमा खाना, खाजा र अक्सिजनका लागि बजेट विनियोजन गरेको छैन । जसका कारण अस्पतालले खाना र खाजा कटौती गर्नुपरेको बताएको थियो । वीर अस्पताल मुलुकको सबैभन्दा पुरानो र ठूलो सरकारी अस्पताल हो । यो अस्पतालमा दैनिक १५०० देखि २००० सम्म बिरामी सेवाका लागि पुग्ने गर्छन् ।   

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट