Sep 08 2024 | २०८१, भदौ २३ गते

आजको मौसम : उच्च पहाड र हिमाली भेगमा हिमपात, तराईमा बाक्लो हुस्सु र कुहिरो

आजको मौसम : उच्च पहाड र हिमाली भेगमा हिमपात, तराईमा बाक्लो हुस्सु र कुहिरो

एभरेष्ट हेडलाइन्स
शनिबार, माघ ६ २०८०
एभरेष्ट हेडलाइन्स
शनिबार, माघ ६ २०८०
  • आजको मौसम : उच्च पहाड र हिमाली भेगमा हिमपात, तराईमा बाक्लो हुस्सु र कुहिरो

    काठमाडौँ । आज पनि उच्च पहाडी र हिमाली भेगका धेरै ठाउँमा हिउँ पर्ने भएको छ । कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाड र उपत्यकामा आज पनि आंशिक बदली हुनेछ ।

    images
    images

    हिजोअस्ति जस्तै तराई, मधेशमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । मौसमविद् गोविन्द झाका अनुसार तराईमा हुस्सु कुहिरोसँगै घाम पनि लाग्ने गरेकोले शीतलहरको अवस्था भने छैन । मौसमविदले शीतलहर नभने पनि तराई मधेशमा शीत र चिसोले जनजीवन कष्टकर बन्दै गएको छ ।

    चिसो बढेकाले घरबाहिर निस्कन समेत गाह्रो हुने गरेको स्थानीयबासिन्दाले बताएका छन् । देशका अरु ठाउँमा पनि चिसो बढेको छ । काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट