Sep 08 2024 | २०८१, भदौ २३ गते

शिक्षा विधेयकमाथि संवैधानिक आयोगका पदाधिकारीको सुझाव

शिक्षा विधेयकमाथि संवैधानिक आयोगका पदाधिकारीको सुझाव

एभरेष्ट हेडलाइन्स
आइतबार, माघ ७ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, माघ ७ २०८०
  • शिक्षा विधेयकमाथि संवैधानिक आयोगका पदाधिकारीको सुझाव

    काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा आज विभिन्न सात संवैधानिक आयोगसँग सुझाव लिएको छ । 

    images
    images

    समितिको बैठकमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विक, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्त, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, राष्ट्रिय समावेश आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिना, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विधेयकलाई थप परिमार्जन गर्न आग्रह गरे ।

    उनीहरुले विधेयकमा देशभक्ति, रैथाने सीप, आदिवासी ज्ञान र सदाचारका कुरा पाठ्ययक्रममा राखिनुपर्ने, लैङ्गिकता र समावेशीलाई ध्यान दिइनुपर्नेलगायत सुझाव दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट