images

Jul 27 2024 | २०८१, साउन १२ गते

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, दुईजना घाइते

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, दुईजना घाइते

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ ८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ ८ २०८०
  • दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु, दुईजना घाइते

    दाङ । बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    images

    बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको उनले बताए ।

    शवलाई लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन भएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार