Feb 25 2024 | २०८०, फागुन १३ गते

images

‘मिनी ट्रक’ दुर्घटनामा दुई जनाको मृत्यु

‘मिनी ट्रक’ दुर्घटनामा दुई जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ ८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ ८ २०८०
  • ‘मिनी ट्रक’ दुर्घटनामा दुई जनाको मृत्यु

    तनहुँ । तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  

    मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । ट्रक चालकको खोजी भइरहेको उनले बताए । 

    ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट