Sep 08 2024 | २०८१, भदौ २३ गते

एलडिसीबाट ग्राजुएसन पछि नेपाल–इयूको व्यापार कस्तो होला ? आयोग र राजदूतबीच छलफल 

एलडिसीबाट ग्राजुएसन पछि नेपाल–इयूको व्यापार कस्तो होला ? आयोग र राजदूतबीच छलफल 

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ ८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ ८ २०८०
  • एलडिसीबाट ग्राजुएसन पछि नेपाल–इयूको व्यापार कस्तो होला ? आयोग र राजदूतबीच छलफल 


    काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छन् । सोमबार सिंहदरबारस्थित आयोग कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग राजदूत लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी हुन् । 

    images
    images

    भेटवार्तामा आयोगले तयार गरिरहेको १६औँ योजना, अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति पछि नेपाल र इयूको ब्यापारमा हुने असर, बहुपक्षीय पोषण कार्यक्रम (मल्टी सेक्टरल न्यूट्रिशन) लगायतका विषयमा छलफल भएको छ । 

    आयोगका उपाध्यक्ष इयूले गर्दै आएको सहयोगका लागि धन्यबाद दिए । १६औँ योजना सबै क्षेत्रको सुझाव लिएर तयार भइरहेको बताउँदै लक्ष्य प्राप्ति हुने गरी योजना तर्जुमा हुने उपाध्यक्ष श्रेष्ठले बताए । उपाध्यक्ष र इयू राजदूत लोरेन्जोबीच युरोपियन युनियनसँगको व्यापारमा पर्ने असर र त्यसका लागि परिपूरण गर्ने उपायका विषयमा समेत छलफल भएको छ ।

    इयूले नेपालमा हरित अर्थतन्त्र, पूर्वाधार ग्याप हटाउन मद्दत गर्ने उनको भनाइ थियो । मानवपुँजी (गुणस्तरीय शिक्षा)मा सहयोग गर्ने तथा नेपालको सुशासन र संघीयता कार्यान्वयनको एजेन्डालाई इयूले सहयोग र समर्थन गर्ने प्राथमिकतामा राखेको राजदूत लोरेन्जेले बताएकी छन् । 

    इयू राजदूत लोरेन्जोले १६ औँ योजनाका लागि साथै बहुपक्षीय पोषण कार्यक्रममा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त समेत गरेकी छन् । नेपाल अतिकम विकसित मुलुकबाट सन् २०२६ मा विकासशीलतर्फ स्तरोन्नति हुँदै गरेको सन्दर्भमा उनले अन्तर्राष्ट्रिय समुदायबाट नेपालले पाउँदै आएको सुविधा निरन्तरताका लागि गृहकार्य गर्नुपर्ने सुझाव पनि दिइन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट