Sep 08 2024 | २०८१, भदौ २३ गते

आज रातिदेखि निर्वाचनको मौन अवधि, सामाजिक सञ्जालमा समेत प्रचारप्रसार गर्न नपाइने

आज रातिदेखि निर्वाचनको मौन अवधि, सामाजिक सञ्जालमा समेत प्रचारप्रसार गर्न नपाइने

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ ८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ ८ २०८०
  • आज रातिदेखि निर्वाचनको मौन अवधि, सामाजिक सञ्जालमा समेत प्रचारप्रसार गर्न नपाइने

    काठमाडौँ। यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । सामाजिक सञ्जालमा समेत निर्वाचनको प्रचार प्रसार निषेध गर्दै निर्वाचन आयोगले सोमबार यस सम्बन्धी जानकारी गराएको हो ।

    images
    images

    आयोगका अनुसार आज ८ माघ राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेल सम्मका लागि मौन अवधि लागु हुनेछ । यस अवधिमा दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन तथा आचार संहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले यस्तो नियम पालना गर्नु पर्ने हुन्छ ।

    'सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन नहुने हुँदा सो बमोजिम आचरण पालना गर्न गराउन अनुरोध गरिन्छ,' आयोगले भनेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट