Sep 08 2024 | २०८१, भदौ २३ गते

पशुपतिनगरमा राजस्व सङ्कलन केन्द्र स्थापना

पशुपतिनगरमा राजस्व सङ्कलन केन्द्र स्थापना

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ ८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ ८ २०८०
  • पशुपतिनगरमा राजस्व सङ्कलन केन्द्र स्थापना

    मङ्गलबारे । इलामको पशुपतिनगरमा सवारीसाधनका लागि इजाजतपत्र दिन राजस्व सङ्कलन केन्द्र स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल–भारत सीमा नाकास्थित पशुपतिनगरमा उक्त केन्द्र स्थापना गरेको हो । 

    images
    images

    उक्त केन्द्रको स्थापनाले पर्यटक लिएर नेपाल प्रमाणका लागि प्रवेश गर्ने सवारीसाधन पशुपतिनगर नाका हुँदै आउँदा सडकको पटके कर तिर्न इलाम वा झापा पुग्नुपर्ने बाध्यता हटेको छ ।

    सो नाका भएर नेपाल प्रवेश गर्ने सवारीसाधनबाट वार्षिक करिब रु डेढ करोडभन्दा बढी राजस्व सङ्कलन हुने अपेक्षा गरिनाका साथै नेपाल आउने पर्यटक तथा सवारी व्यवसायीलाई सहज हुने यातायात व्यवस्था कार्यालयका प्रमुख छविलाल खतिवडाले बताए । पशुपतिनगर नाका भएर दैनिक एक सयभन्दा बढी भारतीय सवारीसाधनमा पर्यटक नेपाल भित्रिने गरेको बताइएको छ ।

    कर सङ्कलन केन्द्रबाट विशेषगरी भारतीय सवारीसाधनलाई सुविधा भएको सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले बताए । कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईसमक्ष उद्योग वाणिज्य सङ्घले कर सङ्कलन केन्द्र स्थापनाका लागि पहल गरेपछि कार्यालय स्थापना भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट