Sep 20 2024 | २०८१, असोज ४ गते

न्यूरोडमा महानगरले पार्किङ निषेध गरेपछि व्यवसायीद्वारा विरोध प्रदर्शन

न्यूरोडमा महानगरले पार्किङ निषेध गरेपछि व्यवसायीद्वारा विरोध प्रदर्शन

एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ ९ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, माघ ९ २०८०
  • न्यूरोडमा महानगरले पार्किङ निषेध गरेपछि व्यवसायीद्वारा विरोध प्रदर्शन

    काठमाडौँ । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै व्यवसायीले विरोध गरेका छन्। महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराएको भन्दै न्यूरोड क्षेत्रमा पार्किङमा रोक लगाएको थियो। यसपछि व्यवसायीहरू सटर बन्द गरेरै आन्दोलित भएका हुन्। व्यवसायी यसबारे छलफल गर्न वडा कार्यालय जाने तयारीमा छन्। पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले विरोध जनाएका हुन्।

    images
    images

    न्युरोड क्षेत्रमा मंगलबार बिहान पार्किङ गरिएका सवारी साधन महानगर प्रहरी टोलीले हटाएका थिए । महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ ।

    प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले काठमाडौं टावरमा तीन सय वटा चारपाङ्ग्रे र सात सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट