Sep 20 2024 | २०८१, असोज ४ गते

विश्वका बढी वायु प्रदूषित सहरमध्ये १० औँ स्थानमा काठमाडौँ

विश्वका बढी वायु प्रदूषित सहरमध्ये १० औँ स्थानमा काठमाडौँ

एभरेष्ट हेडलाइन्स
बुधबार, माघ १० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, माघ १० २०८०
  • विश्वका बढी वायु प्रदूषित सहरमध्ये १० औँ स्थानमा काठमाडौँ

    काठमाडौँ । विश्वका बढी वायु प्रदूषित सहरमध्ये १० औँ स्थानमा काठमाडौँ परेको छ । काठमाडौँको हावाको प्रदूषण १ सय ६४ एक्यूआइ वल्ड ऐर क्वालिटी इन्डेक्सले देखाएको छ । हिउँदे वर्षा समयमा नहुँदा विश्वका विभिन्न क्षेत्रमा वायु गुणस्तरमा सुधार आउन सकेको छैन ।  

    images
    images

    भारतको दिल्ली सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । दिल्लीको हावाको गुणस्तर २ सय ८३ एक्यूआइ देखाएको छ । दोस्रो नम्बरमा पकिस्तानको कराँची छ । यहाँको वायु गुणस्तर २ सय ५९ एक्यूआइ छ । यस्तै क्रमशः भारतको कोलकत्ताको २ सय ५६ एक्यूआइ, बंगलादेशको ढाका २ सय १५ एक्यूआइ मापण गरिएको छ ।

    बोस्निया र हेर्जेगोभिनाको सरजेबो सहरको १ सय ७७ एक्यूआइ, म्यानमारको योगनको १ सय ७३ एक्यूआइ, पकिस्तानको लाहोर १ सय ७३ एक्यूआइ, भारतको मुम्बई १ सय ७२ एक्यूआइ र मंगोलियाको उलानबाटरको १ सय ७१ एक्यूआइ मापन गरिएको छ ।  विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट