Sep 20 2024 | २०८१, असोज ४ गते

बालेन शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने

बालेन शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने

एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ ११ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , माघ ११ २०८०
  • बालेन शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्। बागमती प्रदेशका लागि प्रदेशको राजधानी हेटौँडामा मतदान केन्द्र तोकिए पनि बालेन हेटौँडा गएनन्। 

    images
    images

    राष्ट्रिय सभाका १९ जना सदस्य निर्वाचित गर्न बिहीबार बिहानदेखि मतदान जारी छ। मतदान गर्न काठमाडौंकी उपमेयर सुनिता डंगोल भने हेटौँडा पुगेकी छन्।  

    राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पालिकाका प्रमुख तथा उपप्रमुख र प्रदेशका सभा सदस्यहरु मतदाता हुन्छन्। कानुनविद्‌हरुका अनुसार राष्ट्रिय सभाको निर्वाचनमा सहभागी भएर मतदान गर्नु जनप्रतिनिधिको ‘संवैधानिक दायित्व’ हो। तर मेयर बालेनले मतदान नगर्ने निर्णय लिएका छन्। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार